आगामी दिनमा यस क्षेत्रकाे विकासका लागि दिनरात निरन्तर खटिने भन्दै उमाकुण्डको मध्यमार्गी सडक र अन्य विकासका काममा आफ्नो ध्यान जाने लामाले प्रतिबद्धता जाहेर गरे।
पाँच बर्षका लागि आफ्नो भाग्य कोर्ने अवसर आफ्नै हातमा आएको भन्दै लामाले गठबन्धनका उम्मेदवारलाई भोट दिन सबैलाई अपिल गरे ।
कार्यक्रममा नेपाली कंग्रेस र नेकपा माओवादीका अन्य पार्टी प्रतिनिधिहरूले गठबन्धनको पक्षमा मत मागेका थिए ।