Loading

असिना र हिउँसहित वर्षा भए पछि रामेछापको उत्तरी भूभागमा अत्यधिक चिसो!

असिना र हिउँसहित वर्षा भए पछि रामेछापको उत्तरी भूभागमा अत्यधिक चिसो!

रामेछाप । रामेछापको उत्तरी भूभागमा आज एक्कासी कालो बादलसहित माथिल्लो भागमा हिउँ र असिना पर्दै छ भने तल्लो भेगमा पानी पर्दा दिउँसै अँध्यारो भएको छ।

दिउँसो ३-४ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि रामेछापको पहाडी ईलाका सहित यसका आसपास क्षेत्रमा पानी र हिउँ पर्न सुरु हुदा अध्यारो छाएको हो ।

यस अघि  रामेछापमा लामो समय देखि हिउँदे वर्षा भएको थिएन भने आज आइतबार पहाडी क्षेत्र लगायत देशै भरि उच्च हिमाली क्षेत्रमा फागुन महिनामा असिनासहित हिउँ पर्न सुरु भएको हो।

असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *