Loading

कैलेश्वर मावि गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न

कैलेश्वर मावि गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न

रामेछाप । कैलेश्वर माध्यामिक विद्यालय उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

शुक्रबार उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शैक्षिकसत्र २०७९ काे वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट अंक प्राप्त गर्ने २० जनालाई जेहेन्दार छात्रछात्राहरूलाई माेहान बहादुर र विष्णुमाया सुनुवार अक्षयकोषबाट नगद पुरस्कार र वडाकाे बालबालिका शीर्षकबाट वडा भित्रका सामुदायिक विद्यालयबाट कक्षागत प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई स्टेसनरी सामाग्री समेत वितरण गरिएको विद्यालयले जनाए ।

साथै अध्यक्ष सुनुवारले वडा भित्रका विद्यालयमा अध्ययनरत १२ जान विपन्न, जेहेन्दार विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम मार्फत सम्मान गरियाे ।

विव्यस अध्यक्ष भेष बहादुर कार्कीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, वडाका सदस्य, शाखाका कर्मचारी, विद्यालयका विव्यस तथा शिअसं पदाधिकारी लगायत शिक्षक, कर्मचारी, अभिभावक, शैक्षिक सराेकारावाला तथा विद्यार्थी भाईबाहिनीहरूकाे उपस्थिति थियोे ।

उक्त कार्यक्रममा विद्यार्थी भाईबाहिनी र स्काउटले स्थानीय कला संस्कृति झल्किने कार्यक्रम समेत प्रस्तुत गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *