संघ तथा प्रदेश सरकारले प्राकृतिक तथा भौगोलिक विभेद गरिएको आम रुपमा महसुस भएकाले गाउँकार्यपालिकाले वडा नं २ लाई दिईएको अख्तियारी अनुसारको ५० लाख बजेट गाल्बा दोरम्बा खोलाखर्क शैलुङ सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएर सातौँ वडाभेलाबाट सर्वसहमतीले पास भएको वडाअध्यक्ष योन्जनले बताउनुभयो । जनप्रतिनिधी,सबै राजनितीक दल र वडाका सबै नागरीकहरुले यो निर्णयको स्वागत गरेको उहाँले बताउनुभयो ।