तर शनिबार मध्यरातिसम्म बेलारूसले मध्यस्थता गर्दै वागनर लडाकुलाई रोस्तोभ छाड्न मञ्जुर गराएको थियो।
सोमबार राष्ट्रपति पुटिनले देशबासीलाई सम्बोधन गर्दै वागनर ग्रुपका लडाकुलाई सच्चा देशभक्तको संज्ञा दिएका थिए।
पुटिनले सोमबार लडाकुलाई विद्रोहका लागि भ्रममा राखिएको पनि बताएका थिए। उनले वागनर ग्रुपका लडाकु देशको सेनामा आवद्ध हुन, आफ्नो परिवारसँग घरमा फर्किन र फेरि बेलारूस जाने विकल्प छान्न सक्ने बताएका थिए।
यसका साथै विद्रोहमा सामेल भएका सबै लडाकुविरुद्ध कुनै किसिमका आपराधिक आरोप पनि नलगाइने उनले घोषणा गरेका थिए। .
वागनर ग्रुप भाडाका लडाकुको एक निजी सेना हो। जुन युक्रेनमा रूसी सेनासँग काँधमा काँध मिलाएर युद्ध लडिरहेको छ। एक अनुमानअनुसार वागनर ग्रुपमा ३० हजार लडाकु छन्।