Loading

खुम्बूपासाङल्हामु गाउँपालिकाद्वारा ६२ करोड ७० लाखको बजेट स्वीकृत

खुम्बूपासाङल्हामु गाउँपालिकाद्वारा ६२ करोड ७० लाखको बजेट स्वीकृत

सोलुखुम्बूको खुम्बूपासाङल्हामु गाउँपालिकाले ६२ करोड ७० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ लागि ६२ करोड ७० लाख ८६ हजार आय अनुमान र सोही अनुसारका आयोजना स्वीकृत गरेको हो।

‘अनुपम पर्यापर्यटकीय गन्तव्यः समृद्ध खुम्बुको लक्ष्य’ सोचका साथ खुम्बु पासाङल्हामु गाउँपालिकाको दोस्रो गाउँ सभाको १३ औं अधिवेशनबाट सो बजेट प्रस्तुत गरिएको हो।

सभाले आगामि आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ। स्वीकृत बजेटको हिस्सामा आन्तरिक आय तर्फ ११ करोड, सङ्घीय राजश्व बाँडफाँड तर्फ रु ७ करोड ८२ लाख २६ हजार, प्रदेश राजश्व बाँडफाँड तर्फ २४ लाख ५३ हजार, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड तर्फ ९ करोड २० लाख, नेपाल सरकारको वित्तीय  हस्तान्तरण तर्फ २२ करोड ९ लाख, प्रदेश सरकारको वित्तीय हस्तान्तरण तर्फ १ करोड ६२ लाख ६२ हजार, अन्य अनुदान तर्फ ७ करोड ७८ लाख र चालु आ.व. २०७९/०८० मा खर्च हुन नसकी आगामी आर्थिाक वर्ष ०८०/०८१ का लागि अ.ल्या. मौज्दात २ करोड ९४ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको हो।

स्वीकृत बजेट गाउँपालिकाका ५ वटा विषयगत समितिहरु मध्ये आर्थिक विकास समिति तर्फ ५ करोड ३८ लाख ४ हजार, सामाजिक विकास समिति तर्फ २४ करोड ८० लाख ७५ हजार, पूर्वाधार विकास समिति तर्फ १६ करोड ७९ लाख ३४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन समिति तर्फ २ करोड ४३ लाख ३१ हजार र संस्थागत तथा सुशासन समिति तर्फ १३ करोड २९ लाख ४२ हजार रहेको छ।

बजेटको संरचनालाई हेर्दा पूँजीगत तर्फ ३१ करोड ८२ लाख ६६ हजार १ सय ४० अर्थात् ५०.७५५ र चालु खर्च तर्फ ३० करोड ७० लाख ४ हजार ४ सय ३० अर्थात् ४९.२५५ रहेको छ। बजेटको पहिलो प्राथमिकता निर्माणाधीन ङिमदोर्जी शेर्पा पर्यटन सडकको ट्रयाक ओपन कार्य रहेको छ। जसका लागि ६ करोड ९५ लाख विनियोजन गरिएको छ। त्यस्तै गरी खुम्जुङ खुन्दे ढल निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बजेटले लुक्ला कवर्ड हल सम्पन्न, उच्च शिक्षा छात्रवृत्ति, स्वास्थ्य उपचार तथा उद्धार, पर्यटकीय पदमार्ग निर्माण तथा स्तरोन्नति, पर्यटन प्रवर्द्धन, सरसफाई तथा वातवरण संरक्षणलाई पनि उच्च प्राथमिकतामा राखेको छ।

सभाले आगामि आर्थिक वर्ष ०८२/०८३ सम्मको मध्यमकालीन खर्च संरचना समेत स्वीकृत गरेको छ। आर्थिक वर्ष ०८१/०८२ का लागि  ६६ करोड ७० लाख १८ हजार र आ। व। ०८२/०८३ का लागि ६९ करोड ३० लाख २१ हजार गरी आगामी ३ आर्थिक वर्षका लागि १ अर्ब ९८ करोड ७१ लाख २५ हजारको मध्बयकालीन खर्च संरचनाको बजेट स्वीकृत गरेको हो। सभाको बैठक गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा मिति २०८० असार १० गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो। सभामा गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम, उपाध्यक्ष श्री टासी ल्हमु शेर्पाले वार्षिक बजेट र विधायन समितिका अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाले आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *