Loading

बाम्तीमा लम्पी स्किन रोग नियन्त्रणको भ्याक्सिन अन्तिम चरणमा

बाम्तीमा लम्पी स्किन रोग नियन्त्रणको भ्याक्सिन अन्तिम चरणमा

रामेछाप । उमाकुण्ड गाउँपालिका २ नं. वडा कार्यालय बाम्तीले तिव्र रुपमा सञ्चालन गरिएको लम्पी स्किन रोग नियन्त्रणको भ्याक्सिन लगाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

दुई वर्षअघि नै भारतमा फैलिएको लम्पी स्किन राेगको कारण २ नं. वडा कार्यालय बाम्तीमा दुहुना गाईभैँसी र चौरी मर्दा पशुपालक किसान बढी प्रभावित भएको भन्दै उमाकुण्डको सातवटा वडा मध्ये सर्वप्रथम बाम्ती वडा कार्यालयको आफ्नै प्रयासमा रोकथामका लागि भ्याक्सिन ल्याएका थिए ।

लम्पी स्किन रोग फैलिन नदिन वडाले आफ्नो अन्तरिक बजेटबाट आवश्यक खोप खरिददेखि संघसंस्थासंगको समन्वयमा लम्पी स्किन रोगको विभिन्न प्रकारका आैषधि खरिद गरि कृषकलाई वितरण गरिएको वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो।

अभियानको रूपमा सञ्चालन गरिएको लम्पी स्किन रोग विरुद्ध खोप कार्यक्रममा अहिलेसम्म उमाकुण्ड २ बाम्तीमा करिब १ हजार ५० वटा पशुलाई भ्याक्सिन लगाई सकेको र भ्याक्सिन लगाउन छुटेका कुनै पशु चौपाया छन् भने तत्काल सम्पर्क गर्न पशुपालक कृषकहरुलाई सो वडाका वडाध्यक्ष बस्नेतले अनुरोध गर्नुभएको छ ।

भ्याक्सिन लगाएपछि वडा भित्र लम्पी स्किन रोग संक्रमित गाई गोरुको संख्या घटेका स्थानीय पशु पालक कृषकले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *