Loading

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ।

गृहमन्त्रालयमा आज बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् । आन्दोलित शिक्षकहरु सो सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि मुलुकभरका विद्यालय खुल्ने भएका छन् । यस्तै, बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने पनि सहमतिको मस्यौदामा उल्लेख गरिएको छ ।

वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित थिए। यस्तै, आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *