रामेछाप । उमाकुण्ड २ बाम्तीभण्डारमा १७ औं विश्व रेबीज दिवस २०८० को अवसरमा रेबिज विरुद्ध निःशुल्क भ्याक्सिनेसन र चेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
वडाले वडाको बजार क्षेत्र भित्रका छाडा छोडिएको कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्र गरेको २ नम्बर वडाका वडा सदस्य ङावा तेम्बा शेर्पाले जानकारी दिनुभयो ।
आज बिहीबार सञ्चालन भएको उक्त कार्यक्रममा यस वडाको बजार क्षेत्रमा रेबिज रोगको रोकथाम गर्न छाडा छोडिएको कुकुरहरुलाई रेबिज बिरुद्ध निःशुल्क रुपमा गाउँपालिकाले पठाएको १४ वटा खोप लगाउने कार्य भएको २ नम्बर वडाका वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनु भयो ।
स्थानीय जनप्रतिनिधि, गाउँपालिकाबाट खटिएको पशु प्राविधिक, वडाभित्र सक्रिय रुपमा रहेको बाह्रवटा टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत संग अन्तरक्रिय गरि घरपलुवा कुकुरहरुलाई छाडा नछोड्ने र समय समय रेबिज विरुद्ध खोप लगाउनु जस्ता कुराहरु लागु गर्ने पनि अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
व्यक्तिगत रुपमा घरमा पालिएको कुकुरहरुलाई पनि खोप लगाउन चाहने कुकुरको धनीहरुले माग गरेमा वडा कार्यालयमा आएको माग बमोजिक विवरण संकालन गरि सम्बन्धित निकायमा थप खोप माग गरि निशुल्क रुपमा रेबिज विरुद्धको खोप लगाइदिने पनि वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।
साथै अध्यक्ष बस्नेतले देउरालीदेखि ठाडो खोलासम्मको सडक दशै नजिकिँदै गर्दा चाडपर्वको मुखमा अति बिग्रेको कारण सर्वजानिक सबरीहरुलाई पनि गुड्न गाह्रो भई यात्रुहरूले सास्ती खेप्नुपरेले हाइड्रोपावरहरूसंग तत्काल सडक मर्मत गर्न पत्रचार गरेको बताउनु भयो । हामीले भनेको कुरालाई हाइड्रोपावरहरूले व्यवस्था गरी सडक मर्मत नगरेमा वडा र गाउँपालिका आफ्नै पहलमा सडक स्तर उन्नति गर्न बध्या हुने र सो सडकमा हाइड्रोपावरको ठुलो सवारीसाधनहरू सबै रोक लगाउने पनि अध्यक्ष बस्नेतले बताउनु भयो ।