Loading

उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

उमाकुण्ड पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

रामेछाप । उमाकुण्ड-१, गुम्देलमा हुने पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा गरी टाइसिट सार्वजनिक गरिएको छ । आगामी पुष १ गते देखि ३ गतेसम्म गुम्देलमा आायोजना हुने प्रतियोगितामा उमाकुण्डका सातवटा माविका छात्रछात्राहरूका टोली सहभागिता छन् ।

प्रतियोगिता लिकम नकआउट प्रणाालीमा सञ्चालन हुन्छ । सहभागी छात्रतर्फ सात र छात्रा तर्फ सात टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।

पुष १ गते आइतबारबाट सुरु हुने प्रतियोगितामा पहिलो उद्घाटन खेल भलिबलमा छात्रतर्फ महालंगुर मावि गुम्देल र कास्थेम मावि भुजीसँग हुने भएको छ । त्यस्तै दोस्रो खेल भने छात्रातर्फ कैलेश्वर मावि गुप्तेश्वर र जनता मावि कुम्बुकास्थली बीच हुनेछ ।

खेल तालिका अनुसार कबड्डीमा छात्रतर्फ सिद्धेश्वर मावि बाम्तीभण्डार र सरस्वती मावि प्रीति, जनता मावि कुम्बुकास्थली र कैलेश्वर मावि गुप्तेश्वर, महालंगुर मावि गुम्देल र कास्थेम मावि भुजी त्यसैगरी छात्रातर्फ महालंगुर मावि गुम्देल र जनता मावि कुम्बुकास्थली, सिद्धेश्वर मावि बाम्तीभण्डार र कास्थेम मावि भुजी, सरस्वती मावि प्रीति र चण्डेश्वरी मावि प्रीति बीच प्रतिस्पर्धा  हुनेछ ।

त्यस्तै भलिबलमा छात्रतर्फ महालंगुर मावि गुम्देल र कास्थेम मावि भुजी, कैलेश्वर मावि गुप्तेश्वर र सिद्धेश्वर मावि बाम्तीभण्डार, सरस्वती मावि प्रीति र जनता मावि कुम्बुकास्थली, त्यस्तै छात्रा तर्फ सिद्धेश्वर मावि बाम्तीभण्डार र कास्थेम मावि भुजी, कैलेश्वर मावि गुप्तेश्वर र जनता मावि कुम्बुकास्थली, सरस्वती मावि प्रीति र महालंगुर मावि गुम्देल बीच हुनेछ ।

शिक्षक कर्मचारी तर्फ खेलकुद विकास समिति र वडा नम्बर २ बाम्तीभण्डार, वडा नम्बर ७ भुजी र वडा नम्बर १ गुम्देल, वडा नम्बर ४ प्रीति र गाउँपालिका कर्मचारी, वडा नम्बर ३ कुम्बुकास्थली र वडा नम्बर ६ गुप्तेश्वर बीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगिताको समय तालिका टाइसिट सार्वजनिक कार्यक्रममा उमाकुण्ड शिक्षा शाखाका प्रासा ङावा शेर्पाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो। साथै प्रतियोगिता सफल बनाउन विगतका दिनहरुमा जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो।

प्रतियोगितामा कबड्डी एथ्यलेटिक्स, हाइजम्प, लङजम्प,त्रिपलजम्प, ज्यावलिङथ्रो लगायतका खेलहरु हुने उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका प्रास ङावा शेर्पाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *