Loading

उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उमाकुण्ड गाउँपालिका १ गुम्देल स्थित गुम्देल खेलकुद मैदानमा आज आइतबारदेखि चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगीताको उद्घाटन उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले गरेका हुन् । उद्घाटन कार्यक्रम सँगै प्रतियोगीतामा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य र मार्च पास समेत प्रस्तुत गरेका थिए । गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा आज छात्रा भलिबल, कबड्डी, दौड, शटपुट, ज्यमलिङ थ्रो लगायतका १२ खेल विधा भएको थियो।

उक्त विधाबाट चण्डेश्वरी मावि १ स्वर्ण ४ रजत २ कास्य, कैलेश्वर मावि २ रजत ३ कास्य, जनता मावि ३ स्वर्ण १ रजत २ कास्य, सिद्धेश्वर मावि २ स्वर्ण २ रजत, महालंगुर मावि २ स्वर्ण १ कास्य, सरस्वती मावि २ स्वर्ण १ रजत २ कास्य, कास्थेम मावि २ स्वर्ण २ रजत २ कास्य पदक प्राप्त गरिएका छन् । प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ ।

खेल उद्घाटन कार्यक्रमको अध्यक्षता उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाले गरेका थिए भने प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवार, विशेष अतिथि उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र तामाङ लगायत अतिथिमा सातै वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, पालिकाका कर्मचारी, पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख सुनुवारले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै उमाकुण्ड जुनसुकै राजनीति दलका भएपछि उमाकुण्डको विकासको लागि मिलेर लाग्नुपर्ने बताउनुभयो । आउदाे दिनमा प्रत्येक वडामा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *