Loading

बाम्ती भण्डारका युवाहरुले गरे फोहोर ब्यवस्थानपनमा राम्रो सुरुवात

बाम्ती भण्डारका युवाहरुले गरे फोहोर ब्यवस्थानपनमा राम्रो सुरुवात

२०८०/११/०७ l जलवायु परिवर्तनका असरहरुलाई मध्यनजर गर्दै  बाम्ती भण्डारका युवाहरुले यस  क्षेत्रमा रहेको फोहोर ब्यबस्थापनलाई ध्यानमा राख्दै पहिलो चुनौतीको रुपमा लिई बाम्ती भण्डारलाई नेपालको एउटा सफा गाउँ सहरको रुपमा चिनाउने अभियानको सुरुवात गरेको युवाहरुको भनाई छ l

फोहोर ब्यबस्थापनको पहिलो चरणमा जनताहरुलाई सचेत बनाउदै बाम्ती निवासी रत्न कार्कीको रु.५०,०००/- आर्थिक सहयोगमा यस वडाको हरेक बजार क्षेत्र, सार्वजनिक स्थल, बिद्यालय, स्वास्थ्य चौकी लगायतका  ठाउँहरुमा ढस्विन विताहर गरेको युवाहरुको भनाइ छ l

युवाहरुले गरेको काम पारदर्शी हुनुपर्ने भन्दै खर्च विवरण तपसिल बमोजिम रहेको समेत युवाहरुले सार्वजनिक गरेका  छन् l

ढस्विन वितरण गरेका स्थलहरु:

१. बाम्ती शिवजी मन्दिर
२. श्री सोतर्मु आ. वि
३. सोतर्मु बजार
४. स्वास्थ्य चौकी बाम्ती
५. गर्चा गुम्बा
६. पागा शिवजी मन्दिर
७. श्री सेतीदेवी आधारभूत विद्यालय (पाँगा)
८. श्री कोइराला आ. वि (रोशी)
९. श्री जनकल्याण आ वि (दोर्खपा)
१०. दोर्खपा बजार
११. उर्गेनछोलिङ गुम्बा (भण्डार)
१२. श्री सिद्धार्थ बौद्ध आ. वि (भण्डार)
१३. श्री सिद्धेश्वर मा. वि (लुबु)
१४. सिद्धाथान मन्दिर (लुबू)
१५. रत्नज्योति बजार
१६.श्री थोदुङ आ. वि (देउराली)
१७. श्री थोङ्ड्रोल समतेन छोलिङ गुम्बा आ. वि (थोदुङ)
१८. भुमेश्वर महादेव मन्दिर (पिडाल्ने)
१९. सालोम ए जी चर्च
२०. पर्दिङ बजार

खर्च विवरण यस प्रकार रहेको छ l

दस्विन स्ट्यान (Dustbin stand): रु . २५,३००/-
दस्विन (Dustbin): २८,१५०/-

खर्च विवरण चाहिएको खण्डमा युवाहरु जिम्मेवार हुने समेत बाम्ती भण्डारका युवाहरुको भनाइ छ l

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *