रामेछाप, फागुन २९ गते । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.१ को अन्तिम मानव वस्ती लाछेवारमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । छोरमा युवा क्लबले ग्याल्पो लोसारको अवसरमा रामेछापको उत्तरी गुम्देलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सफल रुपमा सम्पन्न गरिएको हो।

प्रतियोगितामा खेलाडीहरुले अनुसासनमा बसेरा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए l सहभागी भएका टिमहरु मध्य ४ टिम सेमी फाइनल प्रवेश गरेका थिए l

प्रतियोगितामा प्रथम हुने छोरमा युवा क्लब लाछेवारको टिमले नगद ८८ हजार ८ सय ८८ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए। द्वितीय हुने रातोतारा युवा क्लब गुम्देल-क्यामाको टिमले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए भने तृतीय हुने सगरमाथा युवा क्लब सोलुखुम्बुको टिमले नगद ३३ हजार ३ सय ३३ र शिल्ड, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुने रोशी युवा क्लब उमाकुण्ड वडा नं.२ रोशीको टिमले नगद ११ हजार १ सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका थिए l यस्तैगरी खेलमा अनुशासन पुर्बक खेल्ने उमाकुण्ड गाउँपालिका वडा नं.१ खेलकुद विकास समितिका खेलाडीहरुलाई समेत सम्मान गरेका थिए l विभिन्न पाँच विधामा पनि खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र उचित पुरस्कृत गरेको क्लबका अध्यक्ष साम्देन शेर्पाले जानकारी दिनुभयो।

भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले बधाई दिदै आगामी दिनहरुमा पर्यटन प्रबर्दनको लागि साहसिक खेल म्याराथन आयोजना गर्ने समेत प्रतिबद्धता गर्नुभएको छ ।

प्रतियोगिता सफल पुर्बक सम्पन भएको भन्दै बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजीवी, समाज सेवी सबैले सकारात्मक भनाई राख्दै बधाई दिनुभएको थियो l
