खेलकुद विकास समिति वडा नम्बर ७ ले सार्वजनिक गरेको सूचनाअनुसार प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कारको राशी क्रमशः ६० हजार, ४० हजार , २० हजार तथा १० हजार तोकिएको छ भने साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट खेलाडी, स्पाइकर, लिब्रो, सेन्टर र ब्लकरलाई पनि नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।