दश टिम सहभागी भएको प्रतियोगितामा प्रथम हुने छोरमा युवा क्लबले एक लाख ५१ हजार एक सय ११ नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिएको छ । त्यस्तै दोस्रो हुने आयोजक उमाकुण्ड खेलकुद विकास समितिले एक लाख एक हजार एक सय ११ नगद, तेस्रो हुने नेपाली कंग्रेस उमाकुण्डले ५१ हजार एक सय ११ नगद र सान्त्वना हुने जिल्ला प्रहरी कार्यालय रामेछापले २५ हजार एक सय ११ नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त छन । साथै उत्कृष्ट खेलाडीमा बिष्णु बस्नेत, स्पाइकर कमल कठायत, लिब्रो दिलीप राई, सेन्टर मनोज घिमिरे र ब्लकर दुर्गा बहादुर खड्का नगदसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्।
