Loading

२८औँ भुजि लिग रनिङशिल्डको उपाधि मिलनचोक युवा क्लबलाई

२८औँ भुजि लिग रनिङशिल्डको उपाधि मिलनचोक युवा क्लबलाई

कात्तिक १७, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजिमा सम्पन्न २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि मिलनचोक युवा क्लब (एमवाईसी) प्रीतिले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा आयोजक फुटबल क्लब भुजि (एफसीबी) लाई १–० गोल अन्तरले पराजित गर्दै मिलनचोकले उपाधि हात पारेको हो ।

अमृत घामछायाँ खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा मिलनचोकका अनिल पाचे मगरले पहिलो हाफको ३८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि आयोजक टोलीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न नसक्दा मिलनचोकले उपाधि जित्न सफल भयो ।

उपाधिसँगै विजेता मिलनचोकले एक लाख ४८ हजार ८२८ रुपैयाँ नगद, एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको रनिङशिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता आयोजक फुटबल क्लब भुजिले ७४ हजार ८२८ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

यसैबीच, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आगामी मङ्सिरभित्र पाँच लाख रुपैयाँ पुरस्कार राशिको फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

पालिका तथा जिल्लास्तरमा मात्र नभई राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिएको अध्यक्ष सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

4 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *