सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा ज्यान गएको छ । उनी दुर्घटनाग्रस्त ईभी गाडीका चालक रहेको खुलेको छ ।
तीन घाइते डिस्चार्ज, तीन जना रिफर
दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको पुष्टि भएको छ ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी भीमफेदीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।