Loading

टिकटकलाई आर्थिक विकास र पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सरकारको जोड

टिकटकलाई आर्थिक विकास र पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सरकारको जोड

काठमाडौं, कात्तिक २० गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टिकटकजस्ता सामाजिक सञ्जाललाई मनोरञ्जनमा मात्र सीमित नराखी आर्थिक विकास, उद्यमशीलता, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभएको छ।

मन्त्री तिमिल्सिनासँग टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटमा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा छलफल भएको थियो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुपर्ने बताउनुभएको छ। टिकटकका वरिष्ठ निर्देशक एमिर गेलेनसँग मन्त्रालयमा भएको भेटमा डिजिटल रूपान्तरण, सुरक्षित इन्टरनेट प्रयोग तथा डिजिटल साक्षरता अभिवृद्धिका विषयमा छलफल भएको थियो। भेटमा टिकटकले नेपाली व्यापार, कला, संस्कृति र पर्यटन प्रवर्द्धनका साथै सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतनामा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

राष्ट्रिय समाचार समिति (रासस)

मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको लाभ ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्‍याउनुपर्ने बताउनुभयो। उहाँले डिजिटल साक्षरता विस्तार, व्यक्तिगत गोपनीयता तथा प्रयोगकर्ताको अधिकार संरक्षण र सुरक्षित डिजिटल वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

भेटमा टिकटकका वरिष्ठ निर्देशक गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि तथा सामुदायिक विकासमा योगदान पुर्‍याउन टिकटक प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन र सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो।

स्रोत : राष्ट्रिय समाचार समिति (रासस)

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *