Loading

सोलुखुम्बुमा ८५ हजार ५६९ मतदाता, सबैभन्दा बढी सोलुदुधकुण्डमा

सोलुखुम्बुमा ८५ हजार ५६९ मतदाता, सबैभन्दा बढी सोलुदुधकुण्डमा

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको स्थानीय तहगत विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार जिल्लाका आठ स्थानीय तहमा कुल ८५ हजार ५६९ मतदाता रहेका छन्।

जिल्लामा सबैभन्दा बढी मतदाता सोलुदुधकुण्ड नगरपालिकामा रहेका छन्। नगरपालिकामा १० हजार ५४१ पुरुष र १० हजार ५२ महिला गरी कुल २० हजार ५९३ मतदाता रहेका छन्। यहाँ २९ वटा मतदान स्थल तोकिएका छन्।

सोलुखुम्बुमा २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका ८९ हजार ५६९ मतदाता रहेका छन्। आठ स्थानीय तहमध्ये सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिकामा २० हजार ५९३ र सबैभन्दा कम लिखुपिके गाउँपालिकामा ५ हजार २९८ मतदाता रहेका छन्। स्थानीय तहगत मतदाता विवरण : सोलुदुधकुण्ड नगरपालिका : २० हजार ५९३, थुलुङ दुधकोशी गाउँपालिका : १६ हजार १६१, माप्य दुधकोशी गाउँपालिका : १० हजार ९३७, नेचासल्यान गाउँपालिका : १० हजार ९०३, महाकुलुङ गाउँपालिका : ८ हजार ३१४, सोताङ गाउँपालिका : ७ हजार २६१, खुम्बु पासाङल्हामु गाउँपालिका : ६ हजार १०२, लिखुपिके गाउँपालिका : ५ हजार २९८, जिल्लाभर १२३ वटा मतदान स्थल तोकिएका छन्।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बु

त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिकामा १६ हजार १६१, माप्य दुधकोशी गाउँपालिकामा १० हजार ९३७ र नेचासल्यान गाउँपालिकामा १० हजार ९०३ मतदाता रहेका छन्। यी स्थानीय तहमा क्रमशः २३, १५ र १५ वटा मतदान स्थल रहेका छन्।

महाकुलुङ गाउँपालिकामा ८ हजार ३१४, सोताङ गाउँपालिकामा ७ हजार २६१ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ६ हजार १०२ मतदाता रहेका छन्। यहाँ क्रमशः ११, १२ र ११ वटा मतदान स्थल तोकिएका छन्।

जिल्लामा सबैभन्दा कम मतदाता लिखुपिके गाउँपालिकामा रहेका छन्। त्यहाँ २ हजार ८१४ पुरुष र २ हजार ४८४ महिला गरी कुल ५ हजार २९८ मतदाता छन्। गाउँपालिकामा जिल्लामै सबैभन्दा कम सातवटा मतदान स्थल रहेका छन्।

सार्वजनिक विवरणअनुसार जिल्लाका आठवटै स्थानीय तहमा ‘अन्य’ विधाका मतदाताको संख्या शून्य रहेको छ। मतदाता तथा मतदान स्थलको विवरण सार्वजनिक भएसँगै आगामी निर्वाचनको तयारी र व्यवस्थापनमा निर्वाचन कार्यालय तथा राजनीतिक दललाई सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित डकुमेन्ट पढ्नुहोस

PDF Loading...

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *