Loading

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौता हुन सक्ने ट्रम्पको सङ्केत

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौता हुन सक्ने ट्रम्पको सङ्केत

अन्तर्राष्ट्रिय । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि चाँडै ठूलो सम्झौता हुन सक्ने सङ्केत गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पले यस्तो बताउनुभएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपका देशसमेत सहभागी हुन सक्ने ट्रम्पको सङ्केत छ । यद्यपि, सम्झौताका मुख्य प्रावधान र सहभागी देशबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन ।

अमेरिकी मध्यस्थतामा यसै साता संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता हुने तयारी भइरहेका बेला नयाँ कूटनीतिक पहल अघि बढेको हो ।

तर, दुवै देशबीचका मतभेद कायमै रहनुका साथै हवाई तथा ड्रोन आक्रमण जारी रहेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *