Loading

फोटो पत्रकार समूह रामेछापको नेतृत्वमा मिलन विकको निरन्तरता

फोटो पत्रकार समूह रामेछापको नेतृत्वमा मिलन विकको निरन्तरता

रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, रामेछाप शाखाको अध्यक्षमा मिलन वि.क. पुनः सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार सम्पन्न समूहको दोस्रो जिल्ला अधिवेशनले विकको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतारा क्षेत्री, सहसचिवमा संगम अधिकारी र कोषाध्यक्षमा डोरशंकर बरुवाल चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यमा मणिराज सुनुवार र नवीन कार्की चयन हुनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, रामेछापका अध्यक्ष मिलन वि.क.को अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन तथा वन वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनका अवसरमा संस्थालाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्थालाई कदरपत्रसमेत प्रदान गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिले जिल्लामा फोटो पत्रकारिताको विकास, फोटो पत्रकारहरूको हकहित संरक्षण तथा व्यावसायिक क्षमता अभिवृद्धिमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *