Loading

मकवानपुरको भीमफेदीमा ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ११ जनाको पहिचान खुल्यो

मकवानपुरको भीमफेदीमा ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ११ जनाको पहिचान खुल्यो

भक्तपुर । मकवानपुरको भीमफेदीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनास्थलमा थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको हो ।

यसअघि ११ जनाको शव फेला परेको थियो । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ भने थप फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

११ जना मृतकको पहिचान खुल्यो

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव र ११ वर्षीया अनु राय यादव रहेका छन् ।

त्यस्तै, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्रीदेवी यादव र २७ वर्षीया पुनम यादवको पनि मृत्यु भएको छ ।

सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा ज्यान गएको छ । उनी दुर्घटनाग्रस्त ईभी गाडीका चालक रहेको खुलेको छ ।

तीन घाइते डिस्चार्ज, तीन जना रिफर

दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको पुष्टि भएको छ ।

बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी भीमफेदीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *