Loading

चट्याङका कारण सोलुखुम्बुमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

चट्याङका कारण सोलुखुम्बुमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

सोलुखुम्बु । नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामा समस्या आएपछि सोलुखुम्बुका सेवाग्राही प्रभावित भएका छन् । बुधबार दिउँसोदेखि जिल्लाका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या देखिएको हो ।

नेपाल टेलिकम सोलुखुम्बुका अनुसार बुधबार परेको चट्याङका कारण सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्ला क्षेत्रमा फाइबर लाइनमा क्षति पुगेपछि इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

सेवा अवरुद्ध भएपछि इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । टेलिकमले बुधबार दिउँसोसम्म सेवा सुचारु गर्ने जानकारी दिएको भए पनि हालसम्म इन्टरनेट सेवा नियमित हुन सकेको छैन ।

सेवा अवरुद्ध हुँदा दैनिक कामकाज, सञ्चार तथा इन्टरनेटमा निर्भर सेवाहरू प्रभावित भएका छन् । तर, सेवा पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्नेबारे नेपाल टेलिकमले स्पष्ट जानकारी दिएको छैन ।

यस विषयमा थप जानकारी लिन खोज्दा नेपाल टेलिकम सोलुखुम्बुका प्रमुखको मोबाइल फोन स्विच अफ रहेकाले सम्पर्क हुन सकेन ।

इन्टरनेट सेवा अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सेवा पुनः सञ्चालन हुने समयबारे आधिकारिक जानकारी नआउँदा सेवाग्राही अन्योलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *