रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–५ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन गरिएको छ। पार्टीको वडा भेला तथा संगठन विस्तार कार्यक्रममार्फत पूर्ण लामाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा गठन गरिएको हो।
गोगनपानीमा सम्पन्न कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष रामबहादुर तामाङको सभापतित्व रहेको थियो भने पार्टीका बागमती प्रदेश समिति सचिवालय सदस्य तथा प्रवक्ता पदम घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रदेश सदस्य पेमा घिसिङ, जिल्ला सहसचिव अर्जुन घिसिङ तथा जिल्ला सदस्यहरू पशुपति डल्लाकोटी र उद्धव घिसिङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिसिङले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार र सुदृढीकरणमा सक्रिय हुन नवनिर्वाचित कमिटी तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
उहाँले पार्टीको नीति, उद्देश्य र संगठनात्मक गतिविधिलाई वडा तहसम्म पुर्याउँदै आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो।
नयाँ वडा कमिटी गठनसँगै दोरम्बा शैलुङ गाउँपालिका–५ मा पार्टीको संगठनात्मक गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ।