Loading

सोलुदुधकुण्ड नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन मंसिर २५ गते उद्घाटन हुँदै

सोलुदुधकुण्ड नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन मंसिर २५ गते उद्घाटन हुँदै

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको नवनिर्मित सुविधासम्पन्न प्रशासनिक भवन आगामी मंसिर २५ गते उद्घाटन गरिने भएको छ। नगरपालिकाले एक कार्यक्रम आयोजना गरी भवनको औपचारिक उद्घाटन गर्न लागेको नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।

नगरपालिकाको सम्पूर्ण प्रशासनिक सेवा एउटै स्थानबाट प्रवाह गर्ने उद्देश्यले निर्माण भइरहेको भवनको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीका प्रतिनिधि प्रलाद राजवंशीका अनुसार भवनको मुख्य संरचनागत काम सम्पन्न भइसकेको छ भने अहिले अन्तिम फिनिसिङको काम भइरहेको छ। केही दिनभित्रै सम्पूर्ण निर्माण कार्य पूरा गरी नगरपालिकालाई भवन हस्तान्तरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

भवन निर्माणका लागि २०८१ साल कात्तिक ५ गते आर.एम.सी. पी.आर.एच.बी. जेभीसँग ठेक्का सम्झौता भएको थियो। कुल ७ करोड १४ लाख १९ हजार ३६३ रुपैयाँ लागतमा निर्माण भइरहेको भवनको काम २०८१ साल पुस २ गतेदेखि सुरु गरिएको थियो। सम्झौताअनुसार निर्माण कार्य गत चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने थियो।

नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि हाल विभिन्न स्थानमा छरिएर रहेका नगरपालिकाका प्रशासनिक सेवा एउटै छानामुनिबाट उपलब्ध हुनेछन्। यसले सेवाग्राही नागरिकलाई सेवा लिन सहज बनाउनुका साथै समय र श्रमको बचत हुने तथा नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *