Loading

बागमती प्रदेशको बजेट खर्च निराशाजनक, चार महिनामा ७.६० प्रतिशत मात्रै खर्च

बागमती प्रदेशको बजेट खर्च निराशाजनक, चार महिनामा ७.६० प्रतिशत मात्रै खर्च

रामेछाप । चालु आर्थिक वर्षको पहिलो चार महिना बितिसक्दा बागमती प्रदेश सरकारले कुल बजेटको ७.६० प्रतिशत मात्रै खर्च गरेको छ। कात्तिक मसान्तसम्मको वित्तीय विवरणअनुसार प्रदेश सरकारको विकास बजेट खर्च अझ कमजोर देखिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूँजीगततर्फ विनियोजन गरेको ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँमध्ये चार महिनामा १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ अर्थात् ३.५६ प्रतिशत मात्रै खर्च गरेको छ।

त्यस्तै, चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ बजेटमध्ये ३ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ अर्थात् १५.३५ प्रतिशत खर्च भएको छ।

मन्त्रालयगत विवरणअनुसार सबैभन्दा बढी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले २२.५९ प्रतिशत बजेट खर्च गरेको छ। विकास निर्माणसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको खर्च भने कमजोर देखिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले ४.५३ प्रतिशत, उद्योग मन्त्रालयले ४ प्रतिशत र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सबैभन्दा कम २.८९ प्रतिशत मात्रै बजेट खर्च गरेका छन्।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८.२० प्रतिशत, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले १२.१९ प्रतिशत र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले ११.४८ प्रतिशत खर्च गरेका छन्।

बजेट कार्यान्वयनको गति सुस्त देखिएसँगै प्रदेश सरकारमाथि विकास आयोजना र पूँजीगत खर्चलाई प्रभावकारी रूपमा अघि बढाउन दबाब बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *