Loading

समाजसेवी आङ फुर्वा शेर्पाद्वारा जनसेवा आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

समाजसेवी आङ फुर्वा शेर्पाद्वारा जनसेवा आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

सोलुखुम्बु । लिखुपिके गाउँपालिका–४ स्थित जनसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई पर्यटन व्यवसायी तथा समाजसेवी आङ फुर्वा शेर्पाले शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको छ।

लिखुपिके गाउँपालिका–१ निवासी शेर्पाले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउनुका साथै उनीहरूको प्रतिभा विकास र अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयलाई विभिन्न स्टेसनरी तथा खेलकुद सामग्री प्रदान गर्नुभएको हो।

उहाँको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन र खेलकुदप्रति रुचि तथा सहभागिता बढाउन सहयोग पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै विद्यालयलाई सहयोग गर्नुभएकोमा विद्यालय परिवारले समाजसेवी शेर्पाप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *