चुमनुब्री गाउँपालिका ६ र ७ चुमभ्याली जाने मूल बाटो पुन: सञ्चालनमा आएको छ,’ उनले भने, ‘हामीले आपतकालीन रूपमा ४ वटा काठे पुल बनाएका छौं र बाटोहरू पनि मर्मत गरिएको छ। अब सहज रूपमा पर्यटक पनि चुमभ्याली जान सक्छन्।’
यहाँ बाटो र पुल बनाउन स्थानीय बासिन्दा दिनरात खटिएका थिए। स्वदेश तथा विदेशमा रहेका यहाँका स्थानीयहरूले पुल र बाटो मर्मत गर्ने टोलीलाई खाजा खर्चसमेत जुटाएका थिए।