Loading

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति कांग्रेसको आपत्ति, प्रेस स्वतन्त्रता कुण्ठित नगर्न सरकारलाई आग्रह

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति कांग्रेसको आपत्ति, प्रेस स्वतन्त्रता कुण्ठित नगर्न सरकारलाई आग्रह

कार्तिक १३, काठमाडौं । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी कार्यशैलीप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।

कांग्रेसले समाचार कक्षभित्रै प्रहरी परिचालन गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्यशैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको जनाएको छ । विगतमा सत्तामाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई शक्तिको दुरुपयोग गरी दबाउने प्रयास हुने गरेको स्मरण गराउँदै पार्टीले यस्ता गतिविधि पुनः दोहोरिनु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा संघर्ष गर्दै आएको दाबी गरिएको छ ।

निरंकुशता र स्वेच्छाचारिताविरुद्ध सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसले पत्रकारमाथि हुने धरपकड तथा सञ्चारगृहमा प्रहरी हस्तक्षेप तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित डकुमेन्ट पढ्नुहोस

PDF Loading...

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *