Loading

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

डडेल्धुरा । नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा पक्षले उनको गृहजिल्ला डडेल्धुरामा जिल्ला अधिवेशन सुरु गरेको छ।

देउवा समूहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन आयोजना गरेको हो। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरू चयन गरिने जनाइएको छ।

अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि अधिवेशनस्थल निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित र्‍याली निकालेको थियो। र्‍यालीमा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा सहभागी भएपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई जिल्ला अधिवेशनको संयोजक तोकेको थियो।

स्रोतका अनुसार अधिवेशनबाट डिल्लीराज जोशी जिल्ला सभापतिमा चयन हुने सम्भावना रहेको छ।

देउवा समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरिसकेको छ।

उक्त समूहले गत १५ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो। त्यसपछि १५ कात्तिकसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

डडेल्धुराको अधिवेशनलाई कांग्रेसभित्र देखिएको आन्तरिक शक्ति संघर्ष र आगामी १५औँ महाधिवेशनको नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

नुम्बुर खबर

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *