Loading

रामेछापका ९ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

रामेछापका ९ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कार्तिक १४, रामेछाप । रामेछाप जिल्लामा ९ हजारभन्दा बढी बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत यही कात्तिक १७ र १८ गते जिल्लाभरका बालबालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको हो।

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाका अनुसार अभियानमार्फत ६ देखि ५९ महिनासम्मका ९ हजार ६ सय ५८ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखिएको छ। त्यस्तै, १२ देखि ५९ महिनासम्मका ८ हजार ७ सय ३५ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

अभियानलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत औषधि वितरण र खुवाउने व्यवस्था मिलाइएको जनाइएको छ।

जनस्वास्थ्य कार्यालय प्रमुख झाले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गर्नुभएको छ।

बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यस अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकालाई सहभागी गराउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

नुम्बुर खबर

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *