Loading

विपद्का बेला अग्रपंक्तिमा खटिने पत्रकारका अनुभव, चुनौती र सुझावबारे संसदीय समितिमा छलफल

विपद्का बेला अग्रपंक्तिमा खटिने पत्रकारका अनुभव, चुनौती र सुझावबारे संसदीय समितिमा छलफल

काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा विपद्का बेला अग्रपंक्तिमा खटिएका पत्रकार तथा सञ्चारमाध्यमका अनुभव, चुनौती र सुझावबारे गहन छलफल भएको छ।

सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार बैठकमा विपद्का बेला सूचना प्रवाहमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका, पत्रकारहरूले सामना गर्ने चुनौती तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक विषयमा छलफल गरिएको हो।

विपद्को समयमा प्रभावित नागरिकसम्म सही, विश्वसनीय र समयमै सूचना पुर्‍याउनु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी हो। यस्ता परिस्थितिमा पत्रकारहरूले भोग्ने व्यावहारिक कठिनाइ, सूचना संकलन तथा सम्प्रेषणका चुनौती र सरोकारवाला निकायसँगको समन्वयका विषय बैठकमा उठाइएको सांसद शेर्पाले उल्लेख गरेका छन्।

उनले नीति निर्माण र प्रभावकारी विपद् व्यवस्थापनका लागि स्थलगत यथार्थ तथा जनअपेक्षालाई समेट्ने प्रयास निरन्तर रहने बताएका छन्।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम तथा प्राकृतिक विपद्का घटनालाई ध्यानमा राख्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नीतिगत सुधार, पूर्वतयारी, सूचना प्रणाली र सरोकारवालाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको छ।

संसदीय समितिमा पत्रकार तथा सञ्चारमाध्यमका अनुभव र सुझावलाई समेटेर गरिने छलफलले विपद् व्यवस्थापनसम्बन्धी नीति निर्माणलाई व्यवहारमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *