Loading

रामेछापको नुप्चे लिखु जलविद्युत् आयोजना ९८ प्रतिशतभन्दा बढी सम्पन्न

रामेछापको नुप्चे लिखु जलविद्युत् आयोजना ९८ प्रतिशतभन्दा बढी सम्पन्न

रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देलको माथिल्लो भेगमा निर्माणाधीन ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९८ प्रतिशतभन्दा बढी पुगेको आयोजना पक्षले जनाएको छ ।

भिजन इनर्जी एन्ड पावर लिमिटेड (भिइपिएल) द्वारा निर्माण भइरहेको आयोजनामा नुप्चे खोला र लिखु खोलाको जलस्रोत उपयोग गरिनेछ ।

आयोजनाका सिभिल इन्जिनियर सुवर्ण सुवेदीका अनुसार हिमाली भूगोल, अत्यधिक चिसो, प्रतिकूल मौसम तथा दुर्गम पहुँचका कारण निर्माणका क्रममा विभिन्न चुनौती सामना गर्नुपरे पनि अहिले काम अन्तिम चरणमा पुगेको छ ।

सिभिलतर्फका अधिकांश मुख्य संरचना निर्माण सम्पन्न भइसकेका छन् भने सुरुङ फिनिसिङ, पेनस्टक पाइप जडान, उपकरण परीक्षण तथा विद्युत् उत्पादनका लागि आवश्यक प्राविधिक कामहरू जारी छन् । प्रसारण लाइनका टावर फाउन्डेसन तथा टावर जडानका कामसमेत अघि बढिसकेका छन् ।

आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा ५७.५ मेगावाट विद्युत् थपिने अपेक्षा गरिएको छ । यसले रामेछापको ऊर्जा विकाससँगै देशको स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धि गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *