ओखलढुंगा । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट ओखलढुंगा जिल्ला सभापतिमा डेकराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत देउवा पक्षले शनिबार आयोजना गरेको जिल्ला अधिवेशनबाट भट्टराई जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
केन्द्रीय सदस्य गोमा केसी र पार्टीका जिल्ला संयोजक बालगोविन्द राजभण्डारीलगायतको उपस्थितिमा सम्पन्न अधिवेशनले भट्टराईलाई जिल्ला नेतृत्वको जिम्मेवारी दिएको हो ।
अधिवेशनबाट जिल्ला सभापति मात्र चयन गरिएको र बाँकी पदाधिकारी सभापतिले चयन गर्ने सहमति भएको केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिइन् ।
यससँगै ओखलढुंगामा नेपाली कांग्रेसको देउवा पक्षीय जिल्ला नेतृत्वको जिम्मेवारी भट्टराईले पाएका छन् ।