Loading

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाबारे दुई वर्षसम्म संवाद गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाबारे दुई वर्षसम्म संवाद गर्ने सहमति

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र तथा तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पार्ने प्रभावबारे आगामी दुई वर्षसम्म संवाद गर्ने सहमति भएको छ ।

नेपालले प्रस्ताव गरेको जलवायु परिवर्तन र पर्वतीय क्षेत्रसम्बन्धी विषय औपचारिक एजेन्डामा समावेश हुन नसके पनि सम्मेलनमा यसबारे छलफल र परामर्श गर्ने बाटो खुलेको हो ।

टर्कीएको आन्ताल्यामा जारी सम्मेलनको उद्घाटन सत्रमै नेपालको प्रस्तावलाई महत्त्व दिँदै यस विषयमा छलफल आयोजना गर्ने सहमति भएको जलवायु तथा वातावरण विज्ञ मञ्जित ढकालले जानकारी दिनुभएको छ ।

ढकालका अनुसार सम्मेलनको अध्यक्षताले नेपालले अघि सारेको प्रस्तावमाथि परामर्श प्रक्रिया अगाडि बढाउने भएको छ । साथै, पर्वतीय क्षेत्रसम्बन्धी विषय आगामी वर्षहरूमा आयोजना हुने अनुसन्धान संवादमा समेत समेटिने भएको छ ।

अतिकम विकसित राष्ट्रहरूको समूहका अध्यक्षका प्रमुख सल्लाहकारसमेत रहनुभएका ढकालले नेपालको प्रस्तावले उद्घाटन सत्रमै प्राथमिकता पाउनुलाई सकारात्मक उपलब्धिका रूपमा लिनुभएको छ ।

नेपालले विगतका जलवायु सम्मेलनहरूमा पनि हिमाली क्षेत्रमा बढ्दो तापक्रम, जलवायु परिवर्तनको प्रभाव तथा पर्वतीय क्षेत्रले भोगिरहेका जोखिमका विषय निरन्तर उठाउँदै आएको छ ।

यद्यपि, विगतमा प्रारम्भिक छलफलमा महत्त्व पाएका विषयलाई अन्तिम निर्णयसम्म पुर्‍याउन नेपालले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन । यसपटकको सहमतिले पर्वतीय क्षेत्रका मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु संवादमा थप स्थान दिलाउने सम्भावना बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *