Loading

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ट्रम्पको बचाउ

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ट्रम्पको बचाउ

काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध आठवटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता भएको छ । रिपब्लिकन सांसद थोमस मासीले सोमबार अमेरिकी प्रतिनिधिसभामा प्रस्ताव पेस गरेका हुन् ।

मासीले हेगसेथमाथि संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध अघि बढाएको, अधिकारको दुरुपयोग गरेको र सिनेटर मार्क केलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रस्तावमाथि यसै साता प्रतिनिधिसभामा मतदान हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । प्रतिनिधिसभाबाट साधारण बहुमतले प्रस्ताव पारित भए पनि हेगसेथ तत्काल पदमुक्त हुने छैनन् । सिनेटमा उपस्थित सदस्यको दुईतिहाइ मतले दोषी ठहर गरे मात्रै उनलाई पदबाट हटाउन सकिनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हेगसेथको बचाउ गर्दै महाभियोग प्रक्रिया अघि बढे पनि आफू उनको साथमा रहने बताएका छन् ।

हेगसेथविरुद्धको असन्तुष्टि विपक्षी डेमोक्र्याटमा मात्रै सीमित छैन । आफ्नै रिपब्लिकन पार्टीका नेताहरूले समेत उनको भूमिकामाथि प्रश्न उठाएका छन् । इरान युद्ध लम्बिएसँगै विश्व ऊर्जा आपूर्तिमा परेको असर र मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयपछि युद्धको जिम्मेवारी कसले लिने भन्ने बहस चर्किएको छ ।

यसैबीच, ट्रम्पले हेगसेथलाई पदमा कायम राख्ने वा हटाउने विषयमा सहयोगीसँग छलफल गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्भावित उत्तराधिकारीका रूपमा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको नामसमेत चर्चामा आएको छ ।

हेगसेथलाई पदबाट हटाउँदा इरान युद्धको अन्तिम निर्णयकर्ता रहेका ट्रम्पमाथि पनि राजनीतिक दबाब बढ्न सक्ने भएकाले यो विषय अमेरिकी राजनीतिमा थप पेचिलो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *