Loading

रामेछापमा कम्युनिष्ट पार्टीको जागरण अभियान सुरु

रामेछापमा कम्युनिष्ट पार्टीको जागरण अभियान सुरु

रामेछाप, कात्तिक २८ । नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तार गर्ने उद्देश्यले रामेछापमा दुई महिने विशेष जागरण अभियान सुरु गरेको छ । पार्टीका संस्थापक सदस्य तथा केन्द्रीय सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा अभियान उद्घाटन गरिएको हो । अभियानअन्तर्गत जिल्लाका स्थानीय तह, वडा तथा बस्तीस्तरमा पुगेर नागरिकका समस्या, गुनासा र सुझाव संकलन गरिने पार्टीले जनाएको छ । साथै पार्टीका नीति, विचार र कार्यक्रमबारे जानकारी गराउँदै निष्क्रिय संगठनलाई सक्रिय बनाउने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले पार्टी जनताको सुखदुःखसँग जोडिनुपर्ने बताउनुभयो । जिल्ला इन्चार्ज श्रेष्ठले अभियानलाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्न नेता तथा कार्यकर्ता परिचालन गरिने जानकारी दिनुभयो । अभियानका क्रममा स्थानीय विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक र आर्थिक समस्यालाई प्राथमिकतामा राखिने जनाइएको छ । संकलित सुझावका आधारमा पार्टीका आगामी राजनीतिक तथा संगठनात्मक गतिविधि तय गरिने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *