Loading

सोलुखुम्बुमा तीन वर्षमा लैङ्गिक हिंसाका ८६ उजुरी दर्ता

सोलुखुम्बुमा तीन वर्षमा लैङ्गिक हिंसाका ८६ उजुरी दर्ता

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्ला तीन आर्थिक वर्षमा लैङ्गिक हिंसासम्बन्धी ८६ वटा उजुरी प्रहरीमा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ३९, २०८१/८२ मा २१ र २०८२/८३ मा २६ वटा उजुरी दर्ता भएका हुन्। उजुरीमध्ये जबरजस्ती करणी, घरेलु हिंसा, जबरजस्ती करणी उद्योग, यौन दुर्व्यवहार र बहुविवाहसम्बन्धी घटना रहेका छन्।

यसैबीच, लैङ्गिक हिंसा न्यूनीकरण, पीडितको संरक्षण र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बुधबारदेखि सोलुखुम्बुमा १६ दिने अभियान सुरु गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख गान्धिमाया तामाङले हिंसा न्यूनीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले अभियानलाई औपचारिकतामा सीमित नगरी वर्षभरि नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाको आयोजना तथा विभिन्न महिला अधिकारसम्बन्धी संस्थाको समन्वयमा सुरु भएको अभियानअन्तर्गत जनचेतनामूलक गतिविधि सञ्चालन गरिने महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुङ्गानाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *