Loading

सोलुदुधकुण्डका दुई विद्यालयका १११ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

सोलुदुधकुण्डका दुई विद्यालयका १११ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

सोलुखुम्बु, मंसिर ३ । सोलुदुधकुण्ड नगरपालिकाका दुई सामुदायिक विद्यालयका १११ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

समाजसेवी लक्ष्मण कार्कीको नेतृत्वमा सञ्चालित गाउँ सहर फाउण्डेसनले बिहीबार नगरपालिका–७ गार्मास्थित सेकारसिंह आधारभूत विद्यालय र सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री सहयोग गरेको हो।

फाउण्डेसनले सेकारसिंह आधारभूत विद्यालयका ७३ र सिद्धार्थ आधारभूत विद्यालयका ३८ गरी कुल १११ विद्यार्थीलाई ट्र्याकसुट, कापी, कलम, साबुन र दन्तमञ्जनलगायत सामग्री वितरण गरेको जनाएको छ।

वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति थियो।

विद्यालयका प्रधानाध्यापकहरूले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई सहयोगले राहत पुग्ने बताएका छन्। फाउण्डेसनले हाल सोलुदुधकुण्ड नगरपालिकाका सातवटा विद्यालयमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा सहयोगी संस्था गाउँ सहर फाउण्डेसन तथा दातृ दम्पती मिस्टर विट र ज्याक्लीनप्रति विद्यालय परिवारले आभार व्यक्त गरेका छन्। दातृ दम्पतीले आगामी दिनमा पनि सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *