रामेछाप, मंसिर ४ । रामेछापको गोकुलगंगा गाउँपालिका–१, शिवालय बजारमा आगलागी हुँदा दुई परिवारको संयुक्त घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
प्राप्त विवरणअनुसार शिवालय बजार निवासी भैरव भुजेल र संजोग राईको संयुक्त रूपमा जोडिएर रहेको घरमा आगलागी भएको हो। आगलागीबाट घर पूर्णरूपमा ध्वस्त भएको बताइएको छ।
आगलागीपछि नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।
घटनाका कारण दुवै परिवार घरबारविहीन हुन पुगेका छन्। प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहित आवश्यक राहत र सहयोगको खाँचो देखिएको छ।
विपद्को यस घडीमा प्रभावित परिवारलाई स्थानीय सरकार, सम्बन्धित निकाय तथा सहयोगी मनहरूले आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने देखिन्छ।
