Loading

दुई थान भरुवा बन्दुकसहित ओखलढुङ्गाबाट एक जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित ओखलढुङ्गाबाट एक जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६, जन्तरखानीबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी निवासी ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन्।

प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले मगरको घरमा खोजतलास गर्ने क्रममा खाटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको हो।

खोजतलासका क्रममा बन्दुकमा प्रयोग हुने फलामका टुक्राहरू तथा बारुदजस्तो देखिने दुई वटा डब्बासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले बरामद गरेका सामग्रीको प्रकृति तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *