ओखलढुङ्गा, मंसिर ३ । हरिबोधिनी एकादशी (तुलसी विवाह) को अवसरमा ओखलढुङ्गाको लिखु गाउँपालिकाले मंसिर ४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले मंसिर ३ गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र अन्य संघसंस्थामा सार्वजनिक बिदा रहने जनाएको हो।
गाउँ कार्यपालिकाको मिति २०८३/०८/०३ को निर्णयअनुसार बिदा दिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।