Loading

घरमै बसेर अनलाइनमार्फत स्वास्थ्य बीमा कसरी गर्ने ? यस्तो छ सजिलो तरिका

घरमै बसेर अनलाइनमार्फत स्वास्थ्य बीमा कसरी गर्ने ? यस्तो छ सजिलो तरिका

घरमै बसेर अनलाइनमार्फत स्वास्थ्य बीमा कसरी गर्ने ? यस्तो छ सजिलो तरिका

कार्तिक ७, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनका लागि परिवारले अब अनलाइन प्रणालीमार्फत नयाँ दर्ता प्रक्रिया अघि बढाउन सक्छन् । स्वास्थ्य बीमा बोर्डको अनलाइन पोर्टलबाट परिवारको विवरण भर्ने, सदस्य थप्ने, आवश्यक कागजात अपलोड गर्ने र शुल्क भुक्तानी गर्ने प्रक्रिया पूरा गर्न सकिन्छ । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमा लैजाने कदमस्वरुप दर्ता प्रणालीलाई पनि बोर्डले अनलाइन बनाएको हो । साथै, स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा लिन १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदैछ ।

अनलाइनबाट स्वास्थ्य बीमामा परिवार दर्ता गर्नका लागि  स्वास्थ्य बीमा बोर्डको ई-पोर्टल मा जानुपर्छ । दर्ता गर्नुअघि परिवारको मुख्य सदस्य को हुने, परिवारमा कति जना सदस्य छन् र कुनै सदस्य लक्षित वर्गमा पर्छन् कि पर्दैनन् भन्ने यकिन गर्नु आवश्यक हुन्छ ।

अनलाइनबाट स्वास्थ्य बीमामा नयाँ परिवार दर्ता गर्न निम्न चरण अपनाउन सकिन्छ ।

१. अनलाइन पोर्टलमा गएर नयाँ परिवार दर्ता गर्ने

सबैभन्दा पहिले eportal.hib.gov.np खोल्नुहोस् ।

यसअघि स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने पुरानो विवरण ल्याउने विकल्प छान्नुहोस् ।

नयाँ परिवार दर्ता गर्नुपर्ने भए ‘नयाँ परिवार दर्ता’ मा क्लिक गर्नुहोस् ।

त्यसपछि देखाइएका जानकारी र निर्देशन ध्यानपूर्वक पढ्नुहोस् ।

२. परिवारको मुख्य सदस्य छनोट गर्ने

नयाँ दर्ता सुरु गर्नुअघि परिवारको मुख्य सदस्य (परिवारमूली) को हुने भन्ने निश्चित गर्नुहोस् । सामान्यतया घरको व्यवहारिक तथा आर्थिक निर्णय लिने ज्येष्ठ सदस्यलाई परिवारमूली बनाउन सकिन्छ ।

तर परिवारमा निम्नमध्ये कुनै लक्षित वर्गका व्यक्ति हुनुहुन्छ भने सम्बन्धित सर्त पूरा गरी उहाँलाई परिवारमूली बनाउन सकिन्छ ।

रातो परिचयपत्र भएका अति विपन्न परिवारका व्यक्ति

पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति

एचआईभी संक्रमित व्यक्ति

एमडीआर टीबी भएका व्यक्ति

कुष्ठरोग भएका व्यक्ति

७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक

महिला स्वास्थ्य स्वयंसेविका

लक्षित वर्गका परिवारमूली भएमा स्वास्थ्य बीमामा छुट पाउन सकिन्छ । तर यो सुविधा लिन सम्बन्धित व्यक्तिको आधिकारिक परिचयपत्र अनिवार्य हुन्छ । आवश्यक प्रमाणपत्र अपलोड नगरेमा आवेदन अस्वीकृत हुन सक्छ ।

३. परिवारमूलीको विवरण र मोबाइल नम्बर राख्ने

परिवारमूली निश्चित भएपछि दर्ता फारममा उहाँको नाम, मोबाइल नम्बर र उपलब्ध भए इमेल ठेगाना प्रविष्ट गर्नुहोस् । सम्भव भएसम्म परिवारमूलीकै मोबाइल नम्बर प्रयोग गर्नुहोस् । किनभने फारम स्वीकृत वा अस्वीकृत भएको जानकारी तथा नवीकरणसम्बन्धी सूचना सोही नम्बरमा एसएमएसमार्फत पठाइन्छ ।

परिवारमूलीको आफ्नै मोबाइल नम्बर उपलब्ध नभए परिवारकै अर्को सदस्यको नम्बर प्रयोग गर्न सकिन्छ । परिवारबाहिरका व्यक्तिको नम्बर प्रयोग नगर्नुहोस् । विवरण भरेपछि ‘नयाँ दर्ता’ मा क्लिक गर्नुहोस् ।

४. ओटीपीबाट प्रयोगकर्ता खाता बनाउने

त्यसपछि दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी पठाउन ‘ओटीपी पठाउनुहोस्’ भन्ने बटनमा क्लिक गर्नुहोस् ।

मोबाइलमा प्राप्त ६ अङ्कको ओटीपी प्रविष्ट गर्नुहोस् ।

त्यसपछि आफ्नो पासवर्ड सिर्जना गर्नुहोस् ।

यसपछि तपाईंको प्रयोगकर्ता खाता तयार हुन्छ । भविष्यमा पोर्टलमा प्रवेश गर्न आवश्यक पर्ने युजर आईडी र पासवर्ड सुरक्षित राख्नुहोस् ।

५. नयाँ बीमा आबद्धताको प्रक्रिया सुरु गर्ने

प्रयोगकर्ता खाता बनेपछि पोर्टलमा प्रवेश गर्नुहोस् ।

‘मेरो बीमालेख’ मा क्लिक गर्नुहोस् ।

त्यसपछि ‘नयाँ आबद्धता’ विकल्प छान्नुहोस् ।

विद्युतीय मञ्जुरीनामा ध्यानपूर्वक पढ्नुहोस् ।

सबै बुँदा पढिसकेपछि नियम तथा सर्त स्वीकार गर्ने विकल्पमा टिक लगाएर अघि बढ्नुहोस् ।

६. परिवारमूलीको व्यक्तिगत विवरण भर्ने

परिवारमूलीको विवरण भर्दा राष्ट्रिय परिचयपत्र उपलब्ध छ भने त्यसको नम्बर र जन्ममिति प्रयोग गर्नुहोस् ।

राष्ट्रिय परिचयपत्र भएका व्यक्तिका लागि:

परिचयपत्र नम्बर र जन्ममिति राख्नुहोस्।

‘खोज्नुहोस्’ मा क्लिक गर्नुहोस् ।

प्रणालीबाट प्राप्त विवरण जाँच गर्नुहोस् ।

बाँकी आवश्यक विवरण म्यानुअल रूपमा भर्नुहोस् ।

राष्ट्रिय परिचयपत्र नभए ‘म्यानुअल रूपमा भर्नुहोस्’ विकल्प छानेर आवश्यक विवरण आफैँ प्रविष्ट गर्नुहोस् ।

७. स्थायी र अस्थायी ठेगाना राख्ने

परिवारमूलीको ठेगाना प्रविष्ट गर्दा राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको ठेगाना र हालको ठेगाना मिल्छ कि मिल्दैन भन्ने जाँच गर्नुहोस् ।

दुवै स्थायी ठेगाना एउटै भए सम्बन्धित विकल्प छान्नुहोस्।

ठेगाना फरक भए परिवर्तनको लागि ‘बसाईं सराइ’ विकल्प छानी आवश्यक विवरण भर्नुहोस् ।

स्थायी ठेगाना परिवर्तन भएको अवस्थामा बसाइँसराइको कागजातसमेत अपलोड गर्नुहोस् ।

अस्थायी ठेगाना स्थायी ठेगानासँग मिल्छ भने सोही विकल्प छान्नुहोस् । फरक भए हाल बसोबास गरिरहेको स्थानको विवरण भर्नुहोस् ।

अस्थायी ठेगानाका आधारमा नजिकको प्रथम सेवा बिन्दु छनोट गर्नुपर्छ । यो विवरण भविष्यमा रिफर सेवा व्यवस्थित गर्न प्रयोग हुने बोर्डले जनाएको छ ।

८. पेसा, शैक्षिक योग्यता र लक्षित वर्गको विवरण भर्ने

यसपछि परिवारमूलीको पेसा र शैक्षिक योग्यता अनिवार्य रूपमा प्रविष्ट गर्नुहोस् । कुनै पेसामा संलग्न नभएको अवस्थामा पोर्टलमा दिइएको आश्रितसम्बन्धी विकल्प छान्नुहोस् ।

परिवारमूली लक्षित वर्गमा पर्ने भए सम्बन्धित विकल्प छानी आवश्यक विवरण भर्नुहोस् । लक्षित वर्गको सुविधा दाबी गर्दा आधिकारिक परिचयपत्र वा आवश्यक प्रमाणपत्र अपलोड गर्नुपर्छ ।

९. परिवारका अन्य सदस्य थप्ने

परिवारमूलीको विवरण पूरा भएपछि परिवारका अन्य सदस्यको विवरण थप्न ‘परिवार सदस्य’ विकल्पमा क्लिक गरी अर्को पेजमा जानुहोस ।

प्रत्येक सदस्यको व्यक्तिगत विवरण भर्नुका साथै परिवारमूलीसँगको नाता अनिवार्य रूपमा उल्लेख गर्नुहोस् । नाता प्रमाणित गर्न थप कागजात आवश्यक पर्ने अवस्थामा त्यस्ता कागजातसमेत अपलोड गर्नुपर्छ ।

यसरी पोर्टलमा उपलब्ध व्यवस्थाअनुसार परिवारका अन्य सदस्यको विवरण थप्दै जानुहोस् । दिइएको निर्देशनअनुसार बढीमा १० जनासम्म सदस्य थप्न सकिन्छ ।

१०. विवरण समीक्षा गरेर भुक्तानी गर्ने

परिवारमूली र अन्य सदस्यको विवरण प्रविष्ट गरिसकेपछि ‘समीक्षा र पेस’ विकल्पमा क्लिक गर्नुहोस् ।

यसपछि परिवारका सबै सदस्यको नाम, व्यक्तिगत विवरण, ठेगाना र अन्य जानकारी पुनः जाँच गर्नुहोस् । पोर्टलले भुक्तानी गर्नुपर्ने रकम गणना गरेर देखाउनेछ ।

सबै विवरण सही भएको यकिन गरेपछि उपलब्ध भुक्तानी माध्यममध्ये कुनै एक प्रयोग गरी शुल्क भुक्तानी गर्नुहोस् ।

११. बीमालेख प्रमाणीकरण र स्वीकृतिको अवस्था जाँच्ने

भुक्तानी सफल भएपछि बीमालेखको फारम प्रमाणीकरणका लागि सम्बन्धित निकायमा पठाइन्छ ।

सामान्य अवस्थामा परिवारमूलीको स्थायी ठेगाना रहेको जिल्लाको स्वास्थ्य बीमा कार्यालयका सम्बन्धित अधिकारीसमक्ष फारम पुग्छ । लक्षित वर्गका आवेदन भने विवरण रुजु गरी बोर्डमा समीक्षाका लागि पठाइने व्यवस्था रहेको छ ।

फारमको अवस्था जाँच्न पोर्टलमा रहेको घण्टीको आइकनमार्फत सूचना हेर्न सकिन्छ । बीमालेखको पीडीएफ डाउनलोड गरेर आफ्नो विवरण सुरक्षित राख्न पनि सकिन्छ ।

बीमालेख स्वीकृत भई स्वास्थ्य बीमा कार्ड जारी भएपछि त्यससम्बन्धी जानकारी मोबाइलमा एसए

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *