युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

शान्त महाधिवेशनबाट शक्ति फर्काउने चुनौती

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ पुष १२, सोमबार ०७:४४
in Breaking (With Image), राजनीति
0
शान्त महाधिवेशनबाट शक्ति फर्काउने चुनौती

नीति र नेतृत्वको समीक्षा आफैं गर्ने, निर्मम आत्मालोचना गर्ने र आफूले आफैंलाई थप जिम्मेवारी पनि दिने दाहालको पुरानै शैली हो । यही शैलीअनुसार उनले यसपालि पनि आफू र नेताहरुका लागि पद विभाजन गर्नेछन् ।

काठमाडौँ — माओवादीको सातौं महाधिवेशन (२०६९ माघ) मा हेटौंडामा भइरहेका बेला देशमा संविधानका विषयवस्तुमा भीषण संघर्ष भइरहेको थियो । माओवादी र मधेसी एकातिर, कांग्रेस र एमाले अर्कोतिर । माओवादी सबभन्दा ठूलो राजनीतिक दल रहेको संविधानसभा संविधान बनाउन नसकी विघटन भइसकेको थियो ।

तर माओवादीका सयौं नेता, हजारौं कार्यकर्ता ‘विद्रोहको राप र ताप’ बोकेर हेटौंडामा भेला भएका थिए । हुप्रा चौरमा सातौं महाधिवेशन भव्य उद्घाटन गरेको माओवादीले बन्द भएको हेटौंडा कपडा उद्योगमा बन्दसत्र गर्दा देशमा उत्सुकता थियो ।

हेटौंडा महाधिवेशनले पार्टी र देशको समृद्धिका लागि के कस्ता नीति लिएको थियो भन्ने सम्झना स्वयं माओवादी नेतृत्वलाई नै छैन । तर, अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा प्रस्तुत गरेको तत्कालिक नीतिअनुरूप सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर देश चुनावमा गएको थियो ।

तर आठौं महाधिवेशनमा न त्यस्तो रौनक छ न उत्सुकता । राष्ट्रिय सम्मेलनलाई अन्तिम समयमा बढुवा गरेर माओवादीले ‘मौन’ महाधिवेशन आइतबार सुरु गरेको छ । हेटौंडा महाधिवेशन जस्तो प्रतिनिधिको भीडभाड यसपालि छैन, सातौं महाधिवेशनमा सात हजार प्रतिनिधि थिए, यसपालि १६८१ मात्रै सहभागी छन् ।

ठूला राजनीतिक कार्यक्रम होइन, विचार गोष्ठीहरू हुने राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशन उद्घाटन गर्दै दाहालले ‘क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि निर्मम’ नीति लिने दाबी गरेका छन् । तीन दशक बढी पार्टीको नेतृत्वमा रहेका दाहालले आफने राजनीतिक प्रतिवेदनमा आत्मसमीक्षा, आत्मालोचना गरेको बताए । ‘विचार संगठन रणनीति कार्यनीतिमा कहाँ चुक्यौ । सबभन्दा बढी आत्मसमीक्षा मेरै गरेको छु । मैले प्रमुख नेताका हैसियतले मभित्र नै खोज्नुपर्छ,’ उनले भने, ‘हामी कहाँ आइपुगेका छौं । हाम्रा चुनौती के छन् ? सामना कसरी गर्ने ? विषय छन् ।’

दाहालले भनेजस्तै उनले राजनीतिक प्रतिवेदनमा आत्मालोचना गरेको विषयमा कसैलाई पनि शंका छैन । तर नीति र नेतृत्वको समीक्षा आफैं गर्ने, तिखो आत्मालोचना गर्ने र आफूले आफैंलाई थप जिम्मेवारी दिने उनको पुरानै शैली हो । यही शैलीअनुसार उनले नेताहरूलाई पनि पद विभाजन गर्नेछन् । अध्यक्ष दाहाल र सिंगो माओवादीले लिने नीति कति कार्यान्वयन होला भन्नेबारे स्वयं माओवादी नेतामा नै कौतुहल छैन ।

‘खुट्टा हेरेर जुत्ता बनाउने कि जुत्ता हेरेर खुट्टा ?’ एक नेताले भने, ‘अध्यक्ष आफ्नो अनुकूल हुने गरी नीति बनाउनु हुन्छ न कि जनतालाई अनुकूल हुने गरी ।’ हुन पनि महाधिवेशन उद्घाटनकै दिन बिहान विधान संशोधन गरेर माओवादीले एक वरिष्ठ र ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र तीन सचिव बनाउने भएको छ । स्थायी कमिटीका सबै नेतालाई पुग्ने गरी पद सिर्जना गर्न माओवादीले विधान संशोधन गरेको हो ।

दाहालको राजनीतिक प्रतिवेदनमा सोमबार बन्दसत्रमा प्रस्तुत हुनेछ । माओवादीको टुटफुट र वैचारिक अस्पष्टताका कारण कमजोर धरातलमा उभिएको महाधिवेशनले आगामी दिनका लागि भने बलियो रणनीति बनाउने नेतृत्वको दाबी छ । ‘समाजवाद उन्मुख समृद्धि हुँदै सामाजिक विकास र न्यायको नयाँ युगतर्फ देशलाई लैजाने, यो देशको सबै उत्पीडित जाति, क्षेत्र, समुदायका हक अधिकारलाई सुरक्षित गर्ने के उपाय हुन सक्छ ? भन्ने विषयमा नयाँ र परिमार्जित कार्यनीति र रणनीति प्रस्तुत गरिएको छ,’ दाहालले आफ्नो कार्यदिशाबारे बताए ।

सत्ता र शक्तिमा आएपछि माओवादी आधारभूत वर्गबाट टाढिँदै गएको गुनासो छ । सशस्त्र संघर्ष गर्नुअघि र त्यसपछि श्रम शिविर गरेर आकर्षित गरेका माओवादी पछिल्लो समय श्रम नगरी लाभ लिने अवस्थामा पुगेको दाहालको प्रतिवेदनमा छ । ‘यो संविधानमा जे परिकल्पना गरेका छौं, पहिले आफैं बदलिनुपर्छ । पार्टी बदलिनुपर्छ । जनतासँग जोडिने श्रमसँग जोडिने काम गर्नुपर्छ र उत्पादन श्रम र संस्कृति अभियान सुरु गर्नुपर्छ,’ दाहालले अघि सारेको नीतिमा उल्लेख छ ।

माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले महाधिवेशनले राजनीतिक कार्यदिशाका रूपमा चार काम गर्ने बताए । उनले राजनीतिक कार्यदिशामा ‘समाजवाद उन्मुख एक्काइसौं शताब्दीको स्पष्ट मोडेल’ सहित तत्कालीन काम अघि सार्ने बताए । ‘पार्टीलाई विधि पद्धतिमा चलाउनुपर्‍यो । सामूहिक ढंगले चलाउनुपर्‍यो । व्यक्तिवाद गुटवादविरुद्ध जानुपर्‍यो,’ उनले भने ।

माओवादीमा भ्रष्टीकरणको प्रभावबाट मुक्त पार्ने गरी छलफल हुने उनको भनाए छ । ‘समाज भ्रष्टीकरणको प्रभाव हाम्रो पार्टीमा पनि छ । त्यसलाई रूपान्तरण गर्नुपर्छ,’ उनले थपे ।

‘शोषित पीडित वर्ग र जनतासँग सम्बन्ध घट्दै गएको छ । दलाल नोकरसाहीसँग सम्बन्ध बढ्दै गएको छ । त्यसलाई समीक्षा गरेर आमजनतासँग सम्बन्ध गाढा गराई उनीहरूको हित हेर्नुपर्छ,’ श्रेष्ठले भने । उनले महाधिवेशनले यी विषयमा केन्द्रित भएर नीति तय गर्ने तयारी भएको जानकारी दिए । ‘यी काम गर्न सक्यौं भने क्रान्तिकारी पार्टी बनाउन सक्छौं । समृद्धि र समाजवादको नेतृत्व गर्न सक्छौं,’ उनले भने, ‘हैन भने यो पार्टीको औचित्य नै गुमाउँछौं । यसलाई सम्बोधन गर्नुपर्छ ।’

कार्कीले फरक मत राख्ने

अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि स्थायी समिति सदस्य राम कार्कीले फरक मत राख्ने भएका छन् । स्रोतका अनुसार उनले फरक मत बन्दसत्रमा वितरण गर्न आग्रह गर्दै दाहाललाई बुझाएका छन् ।

‘मैले अध्यक्षलाई आगामी कार्यदिशाबारे प्रतिवेदन बुझाएको छु,’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षले बन्दसत्रमा वितरण गर्नु हुन्छ कि हुन्न सोमबार थाहा हुन्छ ।’ आइतबार बिहान केन्द्रीय समिति बैठकमा कार्की, परशुराम तामाङ, धर्मनन्द देवकोटाले फरक मत राख्न पाउनुपर्ने धारणा राखेका थिए । ‘हाम्रो विचारमा दमन नगरियोस्’ बैठकमा उनीहरूले भनेका थिए । कान्तिपुर ।

Previous Post

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ, ६० मिनेटको एक घण्टी

Next Post

सोलुखोला–दुधकोशी जलविद्युत परिक्षणका क्रममा २ इन्जिनियरको निधन

Next Post
सोलुखोला–दुधकोशी जलविद्युत परिक्षणका क्रममा २ इन्जिनियरको निधन

सोलुखोला–दुधकोशी जलविद्युत परिक्षणका क्रममा २ इन्जिनियरको निधन

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.