रामेछाप । उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा बाम्तीभण्डारलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
बिहीबार उमाकुण्ड– २ बाम्ती स्वास्थ्य चौकीमा वडा खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो।
आर्थिक वर्ष ०८२-८३ मा उमाकुण्ड गाउँपालिका वडा नं. २ मा पूर्ण खोप प्राप्त गर्ने ० देखि १५ महिनासम्मका ३२ जना, १६ देखि २३ महिनासम्मका २७ जना र २४ देखि ५९ महिनासम्मका ३९ जना सहित नियमित खोप पाइरहेका बालबालिकाको संख्या ९८ रहेको छन् ।
त्यस्तै कुनै बालबालिका खोपमा छुट भएको नभेटिएको स्वास्थ्य चौकी प्रमुख तथा वडा खोप समन्वय समितिका सदस्य सचिव निलम कार्कीले जानकारी दिइन्।
उनले खोपकार्ड नभएका बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको र हरेक बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरेको बताइन्। यसैगरी, यही फागुन १० गतेदेखि १६ गतेसम्म घरधुरी सर्वेक्षण कार्यक्रम सहयोग गर्न सम्पुर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा भित्रका जननिर्वाचित जनप्रतिनिधि , वडामा कार्यरत कर्मचारी , स्वास्थकर्मी, स्वयंसेवीका , आमा समुह , शिक्षक , विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको उपस्थित हरेको थियो ।

वडा स्तरमा पूर्ण खोप सुनिश्चितता भन्नाले १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोपहरू पाएको सुनिश्चित गर्नु हो।

Discussion about this post