सोलुखुम्बु । सोलुखुम्बुस्थीत निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पानी परिक्षणका क्रममा पाइप विस्फोट हुँदा २ जना इन्जिनियरको निधन भएको छ । ८६ मेगावाटको उक्त आयोजनामा सुरुङमार्गको काम सम्पन्न गरी विद्युत उत्पादनको अन्तिम तयारीमा पानी परिक्षण गर्दा पाइप विस्फोट हुँदा इन्जिनियर सुवास रेग्मी र परामर्श इन्जिनियर अर्जुन थापाको निधन भएको हो ।
यसैगरी सोही दुर्घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर मोहम्मद राइन घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ ।
निधन भएका रेग्मी हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर हुन् भने थापा कन्सल्ट्यान्ट इन्जिनियर हुन् । आयोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा रहेको र पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको जानकारी दिए ।
पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो । इकान्तिपुर ।
Discussion about this post