उमाकुण्डमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ।

बाम्तीभण्डारको सिद्धेश्वर माविको खेलमैदानमा सञ्चालित प्रतियोगिताको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले उद्घाटन गर्नुभयो ।

बाम्तीभण्डारमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सिद्धेश्वर माविसहित गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयको सहभागिता छन्। भलिबल, कबड्डी र एथलेटिक्सतर्फ गरी ३० वटा खेलमा २४६ जना विद्यार्थीहरू बीच प्रतिस्पर्धा हुने उमाकुण्ड गाउँपालिकाका शिक्षा प्रमुख ङावा शेर्पाले बताउनुभयो।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गर्ने छन्। उद्घाटन समारोहमा विभिन्न जातीय संस्कृतिक नृत्य तथा गीतहरूको सुन्दर प्रस्तुति रहेका थियोे ।

आजको उद्घाटन खेलको १५ सय मिटरको दौडमा छात्र तर्फ सिद्धेश्व माविका अर्जुन बस्नेत प्रथम,जनता माविका अमृत बहादुर लामिछाने दोस्रो र कास्थेम माविका पवन सुनुवार तेस्रो हुनुभयो । यसैगरी  छात्रा तर्फ कैलेश्वर माविकी ज्ञानुका भुजेल प्रथम,चण्डेश्वरी माविकी मनिता सुनुवार दोस्रो र जनता माविकी मनिषा बस्नेतले तेस्रो स्थान प्राप्त गर्नुभयो ।

हालसम्म चण्डेश्वरी माविले ३ स्वर्ण १ रजत, कैलेश्वर माविले २ स्वर्ण २ रजत र १ काँस्य, जनता माविले १ स्वर्ण ४ रजत र १ कास्य, सिद्धेश्वर माविले १ स्वर्ण, १ रजत र १ काँस्य, सरस्वती माविले १ स्वर्ण, कास्थेम माविले २ कास्य र महालंगुर माविले १ काँस्य प्राप्त गरेका छन् । प्रतियोगिता शुक्रबार सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित