स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाएको छ । काठमाडौँ प्रहरीले लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर अनुुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीले अनुसन्धान प्रतिवेदन भोलि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । ४४ जना प्रतिवादीबाट प्रहरीले १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिनुपर्ने राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ । कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरी काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । रवि र छविविरुद्ध हाल पोखरा जिल्ला अदालतमा थुनछेक बहस जारी छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । स्वर्णलक्ष्मीको रकम ठगी प्रकरणबारे बयान लिन पोखराबाट काठमाडौँ ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित