उमाकुण्डमा शिक्षकहरूलाई कोरोना विरुद्धको खोप दिने तयारी

0
SHARES
0
VIEWS

जयदिप मगर । विद्यालय क्षेत्र बढी जोखिम भएकाले उमाकुण्ड गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताहरूलाई कोरोना विरुद्धको पहिलो मात्रको खोप दिने तयारी गरिएको छ ।

साउन ६ र ७ गते सञ्चालन गरिने खोप लगाउन गुम्देल स्वास्थ्य चौकी, बाम्ती प्राथमिक स्वास्थ्य चौकी, कुँबु स्वास्थ्य चौकी, च्यादलु सामुदायिक स्वास्थ्य इकाई, प्रिती स्वास्थ्य चौकी, गुप्तेश्वार स्वास्थ्य चौकी र भुजी स्वास्थ्य चौकी सहित सातवटा खोप केन्द्रहरू तोकिएका छन् ।

खोप लगाउन विद्यालयले आफ्नो विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको विवरण एकमुष्ट खोप केन्द्र पठाउनुपर्ने र खोप लिने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात सहित खोप केन्द्रमा पुग्नुपर्ने व्यवस्था मिलाएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखाको कर्मचारी ङावा शेर्पा जानकारी दिनुभयो ।

५५ बर्ष उमेर माथिका नागरिकहरू, सार्वजनिक यातायातका चालक तथा सहचालकहरू र नेपाल सरकारले तोकिएको अत्यावश्यक सेवाका व्यक्तिहरूले पनि खोप लिनसक्ने छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित