टे«किङ सिजनमा लुक्ला विमनस्थलमा बादलले छोपे पछि

ए लुक्लाको बादल तिमी

अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु
आए पनि राती आउनु, मिरमिरेमै खुम्बीलाको पहाडमा पुग्नु
खानेपानी र सुन्दरताको लागि कि पानी कि हिंउ भएर बस्नु,
ए लुक्लाको बादल तिमी
अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु ।

ए लुक्लाको बादल तिमी
करोडौं पर्ने पहुनाघरमा आउने मुल बाटोमा बसे पछि
हजारौ मान्छेको रोजी रोटी रोकीएर बसे पछि
बर्बाद हुंदो रहेछ धनी र गरिब पहुना कुरेर बसे पछि
ए लुक्लाको बादल तिमी
अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु ।

ए लुक्लाको बादल तिमी
अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु ।
ए लुक्लाको बादल तिमी
अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु ।…सिजनमा कहिल्यै नछोप्नु ।l

सबैको भलो होस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित